पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा कोरोना भाइरसको पीसीआर विधिबाट परीक्षणका लागि आज १२ जनाको स्वाब संकलन गरिएको छ । नगरमा कोरोना संक्रमित बढेपछि पीसीआर परीक्षणको क्रम बढाउने क्रममा आज ९ महिला र ३ पुरुषको स्वाब संकलन गरिएको स्वास्थ्य शाखाका जगत मगरले जनाउनु भयो । स्वाब परीक्षणका लागि प्रदेश ल्याब विराटनगरमा पठाइएको छ ।
नगरमा कोरोनाबाट हालसम्म १९ जना संक्रमित भएका छन् । कोरोना संक्रमण बढेपछि आज राती १२ बजेबाट जेठ १ गते राती १२ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालयले जिल्लाभरी निशेधाज्ञा जारी गरेको छ ।