इटहरी अस्पतालद्धारा निशूल्क टेलिमेडिसिन सुरु - Pahilo Online

इटहरी अस्पतालद्धारा निशूल्क टेलिमेडिसिन सुरु

writer

इटहरी । कोरोना महामारीको यो समयमा इटहरीमा घरमै बसि बसि स्वास्थ सेबा लिन सकिने भएको छ । इटहरी उपमहानगरपालिकाद्वारा सञ्चालित इटहरी अस्पतालले टेलिमेडिसिन सेवा सुरु गरेको हो । इटहरी उपमहानगरपालिका क्षेत्रका नागरिकका लागि स्वास्थ्य उपचार सल्लाह तथा परामर्श दिने उदेश्यले कोभिड १९ रोगको महामारी अवधि भरी विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टिमबाट उपचार सेवा सुरु गरिएको इटहरी अस्पतालका इमरजेन्सी इन्र्चाज रामकुमार धमलाले जानकारी दिए ।

इटहरी अस्पतालको टेलिमेडिसिन सेवा लिन चाहनेले प्रत्येक दिन विहान १० देखि २ वजे सम्ममा मोवाईल नं ९७४१७७७७०१ वा ०२५५८०१५० मा फोन गरेर स्वास्थ्य समस्या टिपाउनुपर्ने छ । हाल सम्मको ओपिडी पूर्जा, रिर्पोट तथा अस्पतालको अन्य कागजपत्रहरु सोही नंम्वरको वाट्सएप वा इटहरी अस्पतालको फेसवुक पेजमा पठाउनुपर्ने जनाइएको छ । त्यसपछि, इटहरी अस्पतालको सम्वन्धित चिकित्सक वा स्वास्थ्यकर्मीहरुले विरामीको स्वास्थ्य समस्या अनुसार सल्लाह र परामर्श दिइने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes