उदयपुर र इलाममा लडेर २ जनाको मृत्यु - Pahilo Online

उदयपुर र इलाममा लडेर २ जनाको मृत्यु

writer

मोरङ । उदयपुरको कटारी नगरपालिका ११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ । धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे हर्देनी भीर माथी सडकमा बिग्रिएको र सोही सुमोमा सवार रहेका धरान(५ का १८ बर्षीय सुभास परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएकोमा उपचारको लागी कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी ईलाम नगरपालिका ५ ओख्रेका ३२ बर्षीय मिलन अधिकारीको रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा घर नजिकै रहेको खनिउ जातको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक सोही रुखबाट लड्दा अधिकारीको घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes