सर्जिकल मास्क पाँच रुपियाँ भन्दा बढिमा नबेच्न निर्देशन - Pahilo Online

सर्जिकल मास्क पाँच रुपियाँ भन्दा बढिमा नबेच्न निर्देशन

writer

इटहरी उपमहानगरले सर्जिकल मास्क पाँच रुपियाँ भन्दा बढिमा नबेच्न निर्देशन दिएको छ । विहान वजार अनुगमनका क्रममा दुई देखि तीन रुपियाँ खरिद मूल्य रहेको मास्क पाँच रुपियाँ भन्दा वढि मूल्मा नवेच्न निर्देशन हो । जिल्ला प्रशासन कार्यालय, उपभोक्ता अधिकारकर्मी, प्रहरी र संचारकर्मी सहितको टोलीले अनुगमन गर्दा १० रुपियाँमा बेच्ने गरेको पाइएको छ । अनुगमनका क्रममा मास्क खरिद मूल्य भन्दा पाँच गुणा सम्म बढिमा बेच्ने गरेको पाइएको इटहरी उपमहानगर राजश्व प्रशासन शाखा प्रमुख नविन भट्टराईले जानकारी दिए ।

पाँच वटा औषधी पसलको अनुगमन गर्दा चार वटाले त सर्जिकल माक्स खरिद गरेको विल समेत देखाएनन । ९० रुपियाँ खरिद मूल्य रहेको सेनिटाइजर १ सय ६५ रुपियाँमा बेचेको पाइएको छ । राजश्व प्रशासन शाखा प्रमुख नविन भट्टराईले तत्काललाई बढि मुनाफा राखेर नबेच्न सचेत गराइएको, सर्जिकल माक्स पाँच रुपियाँ भन्दा वढिमा नबेच्न निर्देशन दिइएको बताए । निर्देशन पालना गराउन थप कडाइका साथ अघि बढ्ने भटटराईले बताए । खरिद मूल्य र अधिकतम विक्री मूल्यको अन्तर धेरै पाइएकाले अव उद्योगमै पुगेर समेत अनुगमन गरिने उनले बताए ।

भट्टराईले भने “सर्वसाधारण माक्स किन्न नसकेर एउटै माक्स धोएर लगाइरहेका छन, बजारमा यस्तो छ, पाँच रुपियाँमा वेच्दा दोब्वर वढि फाइदा हुन्छ ।” किन पाँच रुपियाँमा नवेच्ने उनले विक्रेताहरुलाई प्रश्न गरे । अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले २ रुपियाँ खरिद मूल्य परेको माक्स १० रुपियाँमा वेच्न नमिल्ने बताए । उनले माक्स र सेनिटाइजरमा वढि मूनाफा राखेको पाइएकाले यसलाई नियन्त्रण गर्न उपमहानगर, जिल्ला प्रशासन र राजश्व कार्यालयको वैठक वसेर तीन दिनभित्रमा रिजल्ट आउने गरि एक्सन गरिने बताए । बिहिबारनै इटहरी उपमहानगरले हटियाँ लाइनका थोक सब्जि पसलहरुको समेत अनुगमन गरेको छ । अनुगमनका क्रममा हटिया लाइनका भाँडा पसलहरु पनि खुल्ला रहेका पाइए । अनुगमन टोली पुगेपछि हतार हतार वन्द गरेका देखिन्थे । इटहरी उपमहानगरपालिकाले निरन्तर बजार अनुगमन गरिरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes