कोरोना भाइरसको संक्रमणबाट बिहिबार थप ७ जना संक्रमित - Pahilo Online

कोरोना भाइरसको संक्रमणबाट बिहिबार थप ७ जना संक्रमित

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा दोस्रो पटकको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणबाट बिहिबार थप ७ जना संक्रमित फेला गरेका छन् । हालसम्म नगरमा १९ जनामा संक्रमण भएको छ ।

जिल्लाका विभिन्न अस्पतालमा पीसीआर परीक्षणका क्रममा बिहिबार दिउँसो ३ बजेसम्ममा ५ पुरुष र २ महिला गरी ७ जना संक्रमित भएको जानकारी प्राप्त भएको नगरको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए । जसमा वडा नम्बर १ का २ महिला र ३ पुरुष, ६ का १ पुरुष, ८ का १ पुरुष रहेका छन् ।

हिजोसम्ममा विभिन्न अस्पतालहरुमा पीसीआर प्रविधिबाट परीक्षण गर्दा ६ पुरुष र ५ महिला गरी ११ जना र नगरको एन्टिजिन परीक्षणमा १ महिला गरी कुल १२ जनामा कोरोना संक्रमण देखिएको थियो । हालसम्म ६ जना निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । यसैबीच, कोरोना संक्रमण रफ्तारमा बढेपछि जिल्ला प्रशासन कार्यालय मोरङले भोली राती १२ बजेबाट जेठ २ गते राती १२ बजेसम्मका लागि जिल्लाभरी निषेधआज्ञा जारी गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes