कोरोना भाइरसबाट सजक बन्न जानकारी गराउँदै बजार अनुगमन् - Pahilo Online

कोरोना भाइरसबाट सजक बन्न जानकारी गराउँदै बजार अनुगमन्

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा कोरोना भाइरसबाट सजक बन्न जानकारी गराउँदै आज पथरी बजार अनुगमन् गरिएको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिग्राम काफ्ले, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतका साथै इलाका प्रहरी कार्यालय र नगर प्रहरीका सुरक्षाकर्मी सहितको टोलीले अनुगमन् गरेको हो ।

पथरी बजार र बुद्धचोकसम्म विशेषगरी किराना सामग्रीका होलसेल पसल सहितका ७ वटा पसलको अनुगमन् गरिएको छ । ती कुनै पनि पसलमा मूल्य सूची टाँस नभएको, केहीमा म्याद गुज्रिएका सामान समेत रहेको पाइएकाले मूल्य सूची टाँस्न र म्याद गुज्रिएका सामग्री आयन्दा नराख्न सचेत गराइएको छ । जफल गरिएका म्याद गुज्रिएका सामग्री नष्ट गरिएको छ । दर्ता नभएको एउटा किराना र एउटा आइसक्रिम फ्याक्ट्रीलाई तत्काल सम्बन्धित निकाय सहित नगरपालिकामा दर्ता हुन सचेत गराइएको टोली संयोजक यमुना विष्ट वास्तोलाले जनाए । उनले कोरोना संक्रमणको समयमा वस्तुको कालोबजारी हुन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न र कोरोना सजकता समेत बढाउन आवश्यक रहेकाले अनुगमन् अघि बढाइएको बताइन् ।

टोलीले कोरोनाबाट बच्नका लागि पसल व्यवसाय तथा कार्यालयमा सेवाग्राहीका लागि अनिवार्य रुपमा तोकिएको भौतिक दूरी कायम गराएर मास्क लगाउने, साबुन पानीले हात धुने वा सेनिटाइजरको व्यवस्थापन गराउन पनि जानकारी गराएको छ । साथै साँझ ७ बजेसम्म पसल र साँझ ८ बजेसम्म मात्र होटल व्यवसाय सञ्चालन गर्न सचेत सूचित गरिएको छ । ग्यास पसल तथा अस्पतालहरुमा विरामीका लागि आवश्यक अक्सिजनको अवस्था समेत जानकारी लिइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes