कोरोना संक्रमण नियन्त्रण र जनजिवन रक्षाका लागि नगरलाई माओवादी केन्द्रको ध्यानार्षण पत्र - Pahilo Online

कोरोना संक्रमण नियन्त्रण र जनजिवन रक्षाका लागि नगरलाई माओवादी केन्द्रको ध्यानार्षण पत्र

writer

पथरीशनिश्चरे । कोरोना संक्रमणको दोस्रो भेरीएन्ट तीव्र गतिमा फैलिरहेको अवस्थालाई मध्य नजर गद नेपाल कम्युनिष्ट पार्टी माओवादीले पथरीशनिश्चरे नगरपालिकालाई ध्यानार्षण गराएको छ । बिहिबार नेपाल कम्युनिष्ट पार्टी माओवादीका पथरीशनिश्चरे नगरकमिटि अध्यक्ष चेतन दाहाल र सचिव मोहन लिम्बुद्धारा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमा कोरोना महामारीमा जनताको जीवन रक्षाका लागि आवश्यक कदम तुरुन्त चाल्न आग्रह गरेका छन् । नगरप्रमुख दिलिपकुमार राईलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै समयमै सावधानि अपनाउन र नगरबाहिरबाट नगरमा प्रवेश गर्नेहरुलाई कडाई नगरिए यसले ठुलो समस्या लिन सक्ने भन्र्दै सम्पूर्ण राजनितिक दल, संघसंस्था, उद्योगी, व्यवसायी लगायत सवै पेशाकर्मीहरुमा सावधानीका लागि आग्रह गरेको छ ।

नगरले कोभिड व्यवस्थापनका लागि तत्काल अक्सिजनसहितको अस्पताल, आइसोलेसनका लागि होल्डिङ सेन्टर स्थापना, दैनिक ज्याला मजदुरीबाट वञ्चित भएकाहरुलाई राहतको व्यवस्था, कालोबजारी नियन्त्रणका लागि बजार अनुगम, स्वाब परिक्षण तत्काल थाल्नुपर्ने लगायतका बुदाहरु उल्ललेख गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख राईले कोरोना व्यवस्थापनमा नगरको टिम लागिरहेको र जनताको सुरक्षाका लागि जस्तोसुकै कदम चाल्ने कुरा बताए । साथै कोरोना नियन्त्रणका क्रममा सबै संघ संस्था, राजनितिक दल, पेशाकर्मीहरुसँग सहयोग र सहकार्यका लागि अनुरोध समेत गरेका छन् । नगरमा रहेका ३ वटा एम्बुलेन्समध्ये २ वटा अक्सिजनसहितका एम्बुलेन्स निःशुल्क रुपमा कोरोना संक्रमितलाई उपलब्ध गराउने पनि मेयर राईले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes