पत्रकार आचारसंहिता तथा कानूनी परामर्श तालिम सम्पन्न - Pahilo Online

पत्रकार आचारसंहिता तथा कानूनी परामर्श तालिम सम्पन्न

writer

पथरी शनिश्चरे । स्वास्थ्य मापदण्डको पालना गर्दै मोरङको पथरी शनिश्चरेमा पत्रकारका लागि पत्रकार आचारसंहिता तथा कानूनी सचेतना तालिम सम्पन्न भएको छ ।पथरी शनिश्चरे नगरपालिका कार्यालय अन्तर्गत न्यायिक समितिको सहयोगमा कानेपोखरी मिडिया प्रालिको आयोजनामा सम्पन्न तालिममा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले सत्यतथ्य पत्रकारिताका लागि नयाँ पुस्ता अझ सजक रहनु पर्नेमा जोड दिइन३ । उनले नगरपालिका र पत्रकारहरुसँगको सहकार्यमा समग्र नगरको उचित विकास अघि बढ्ने पनि बताइन ।

दिनेश सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख वास्तोला, नगर कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, तालिमका सहजकर्ता पत्रकार महेन्द्र विष्ट सहितले सहभागिलाई प्रमाणपत्र वितरण गरिन । ३ दिने तालिममा पत्रकार अगुवा यज्ञ शर्मा, महेन्द्र विष्ट र नगरका कानूनी सल्लाहकार अधिवक्ता दीपक राई सहितले तालिमको सहजिकरण गर्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes