झापाको माइखोलामा पौडी खेल्ने क्रममा एकजनाको डुबेर मृत्यु - Pahilo Online

झापाको माइखोलामा पौडी खेल्ने क्रममा एकजनाको डुबेर मृत्यु

writer

झापा । झापा शिवसताक्षी नगरपालिका ८ डुडामारी का २८ बर्षीय जिवन थाम्सुहाङ पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमबार बेलुका साढे ५ बजे शिवसताक्षी नगरपालिका १० स्थित माईखोलामा उनि साथीहरूसंग पौडी खेल्ने क्रममा माईखोलाको बाधबाट बगी बेपत्ता भएका थिए । थाम्सुहाङ बेपत्ता भएको खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय झिलझिले र अस्थाई प्रहरी पोष्ट माईधारबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा बेलुका साढे ७ बजे बगेको ठाँउबाट अन्दाजी ५०० मिटर दक्षिण मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको सो कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes