पत्रकारका लागि पत्रकार आचारसंहिता र कानूनी सचेतना तालिम - Pahilo Online

पत्रकारका लागि पत्रकार आचारसंहिता र कानूनी सचेतना तालिम

writer

पथरी शनिश्चरे । स्वास्थ्य मापदण्डको पालना गर्दै मोरङको पथरी शनिश्चरेमा पत्रकारका लागि पत्रकार आचारसंहिता र कानूनी सचेतना तालिम सञ्चालन भइरहेको छ ।

पथरी शनिश्चरे नगरपालिका कार्यालयको सहयोगमा कानेपोखरी मिडिया प्रालिको आयोजनामा नगर कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, नगरका कानूनी सल्लाहकार अधिवक्ता दीपक राई, न्यायपालिकाका उजुरी प्रशासक विश्वमणि सुवेदी र पत्रकार अर्जुन जम्नेली राईको आतिथ्यतामा तालिम सुरु भएको हो ।

३ दिने तालिममा पहिलो दिन अधिवक्ता दीपक राई, दोस्रो दिन पत्रकार अगुवा यज्ञ शर्मा, र तस्रो दिन महेन्द्र विष्टले तालिमको सहजिकरण गर्नेछन् । तालिममा पथरीशनिश्चरेलाई कार्यक्षेत्र बनाई काम गरीरहेका पत्रकार र सञ्चारकर्मीको सहभागिता रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes