प्रदेश १ मा ६०७ कोरोना संक्रमित थपिए - Pahilo Online

प्रदेश १ मा ६०७ कोरोना संक्रमित थपिए

writer

मोरङ । प्रदेश १ मा आज ६०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २८२, झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११, धनकुटामा ८, इलाममा ७, संखुवासभामा ६, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ९७ महिला र १२९ पुरुष सहित २२६, सुन्दरहैचामा २०, जहदामा ७, बुढीगंगा र उर्लाबारीमा ५–५, कटहरीमा ४, पथरीशनिश्चरे र बेलबारीमा ३–३, लेटाङ, रंगेली र सुनबर्षीमा २–२, धनपालथान, ग्रामथान र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा ४०, दमकमा २८, भद्रपुरमा २४, अर्जुनधारा, मेचीनगर र गौरादहमा ११–११, कनकाईमा १०, कमल गाउँपालिकामा ६, शिवसताक्षी, बुद्धशान्ति, हल्दिबारी र बा¥हदशीमा २–२, गौरीगञ्ज र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा ३७, धरानमा ३१, इनरुवामा १६, रामधुनी र बर्जुमा ४–४, दुहवी र गढीमा ३–३, बराहक्षेत्रमा २ र हरिनगरमा १, उदयपुरको त्रियुगामा ४, चौदण्डीगढीमा ३, उदयपुरगढी र बेलकामा २–२, धनकुटाको धनकुटा नगरपालिकामा ५, छथर, शहिदभूमी र साघुरीगढीमा १, संखुवासभाको खाँदबारीमा ६, इलामको रोङमा ४, माई, इलाम र सन्दकपुरमा १–१, खोटाङको साकेलामा २, बराहपोखरीमा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फुङलिङमा १, ते¥हथुम र भोजपुरमा १–१, र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ९४१ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार जना ७९ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३ हजार ३५७ पुगेको छ । प्रदेश १ मा आज १ हजार ३३० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २७७ महिला र ३३० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes