बायोमास बिक्रेट उद्योगमा आगलागी हुदाँ १० करोड बढीको क्षति - Pahilo Online

बायोमास बिक्रेट उद्योगमा आगलागी हुदाँ १० करोड बढीको क्षति

writer

झापा । मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित हडिया उत्तरमा रहेको बायो मास ब्रिक्रेट उद्योगमा आगलागी भएको छ। सोमबार बिहान ३ बजे आगो लागेको हो । उद्योगभित्र ब्रिकेट उत्पादनका लागि उखुको खोस्टा, प्लाई र काठका टुक्राहरू प्रयोग गर्न राखिएकाले त्यहाँबाट सल्किएको आगो छिटो फैलिँदा नियन्त्रण गर्न समस्या भएको हो। आगो नियन्त्रणका लागि झापा र मोरङका गरी आठवटा दमकल आएका थिए। आगो नियन्त्रणमा दमकलका कर्मचारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासी परिचालन गरी नियन्त्रण लिएको डिएसपी थापाले जानकारी दिए। आगलागीको कारण भने खुल्न नसकेको उनको भनाइ छ।

आगलागीबाट करिब १० करोड रुपैयाँभन्दा बढी क्षति भएको उद्योगका सञ्चालक आदित्य पराजुलीले जानकारी दिएका छन्। उनका अनुसार उद्योगको दक्षिणीतर्फ ब्रिकेट उत्पादन गरिने भवनमा आगलागी भएको छ। आगलागीबाट भवनसहित मेसिनरी औजार, कच्चा पदार्थ जलेर नष्ट भएको छ। उद्योगी पराजुलीले भारतबाट आयातित कोइलामा आत्मनिर्भर नेपालका चिया तथा इँटा उद्योगलाई लक्षित गरी झापामा आधुनिकस्तरको बायो मास ब्रिकेट उद्योगको २०७५ फागुन १९ गतेदेखि सञ्चालनमा ल्याएको हो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes