शुक्रबार प्रदेश १ मा २९१ संक्रमित थपिए - Pahilo Online

शुक्रबार प्रदेश १ मा २९१ संक्रमित थपिए

writer

मोरङ । प्रदेश १ मा आज २९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ३२ महिला र ८८ पुरुष सहित १२०, लेटाङमा ९, सुन्दरहरैचामा ६, कटहरी, उर्लाबारी ग्रामथानमा ३–३, रंगेली र बुढीगंगामा २–२, मिक्लाजुङ, बेलबारी, सुनबर्षी, केराबारी र स्थानीय तह नखुलेको १–१, सुनसरीको धरानमा २०, इटहरीमा १८, इनरुवामा ७, बर्जु र देवानगञ्जमा ३–३, कोशी गाउँपालिका, गढी, भोक्राहानरसिंह र रामधुनीमा १–१, झापाको विर्तामोडमा १०, दमकमा ९, कनकाईमा ७, अर्जुनधारामा ६, भद्रपुरमा ५, शिवसताक्षी र मेचीनगरमा ४–४ गौरीगञ्ज र हल्दिबारीमा ३–३, कमल गाउँपालिका र झापा गाउँपालिकामा २–२, बुद्धशान्ति, बा¥हदशी र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फुङलिङमा ३ र स्थानीय तह नखुलेको १, इलामको चुलाचुली, माई र सुर्योदयमा १–१, उदयपुरको उदयपुरगढीमा २, ते¥हथुममा १, भोजपुरमा १, पाँचथरमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ६५१ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार १८ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २ हजार १४१ पुगेको छ । प्रदेश १ मा आज ८७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १०६ महिला र १८५ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes