वडा कार्यालयको सहयोगमा दीर्घरोगीहरुलाई निःशुल्क औषधि र स्वास्थ्य चेकजाँच - Pahilo Online

वडा कार्यालयको सहयोगमा दीर्घरोगीहरुलाई निःशुल्क औषधि र स्वास्थ्य चेकजाँच

writer

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ७ का १ सय जना दीर्घरोगीहरुलाई निःशुल्क स्वास्थ्य चेकजाँच र औषधि औषधि वितरण गरको छ । वडा कार्यालयको सहयोग, स्वास्थ्य शाखाको आयोजना र कानेपोखरी मिडिया प्रा.लि.को सहकार्यमा एक दिने वडा स्तरीय निःशुल्क स्वास्थ्य शिविरमा औषधि वितरण र स्वास्थ्य चेकजाँच बुधबार सम्पन्न भएको हो ।

वडाका जेष्ठ नागरीक, दीर्घरोगी, मधुमेह चेकजाँच लगायत विरामीहरुलाई औषधि पनि वितरण गरिएको थियो । शिविरमा कानेपोखरी अस्पतालका मेडिकल अफिसर रामशंकर यादवले चेकजाँच गरेका थिए । स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारी, हेल्थ असिष्टेन्ट सागर धिमाल, अहेव हिरा गुरुङ, अनमी मुना वि.कले प्राविधिक सहयोग गरेका थिए ।

आइतबारेमा भएको शिविरको कार्यक्रमका अध्यक्ष तथा ७ नं. वडाका वडाध्यक्ष मोहन प्रसाद अधिकारले व्यानर पढेर उद्घाटन गरेका थिए । अध्यक्ष अधिकारीले वडाको दीर्घरोगीहरुको सवै डाटा संकलन गरिसकेको र आज मात्र होइन फेरी वडाले औषधि खरिद गरी सवैलाई वितरण गर्ने बताए । वडाका विपन्न वर्गका दलित परिवारलाई निःखुल्क स्वास्थ्य विमा गरिदिने पनि बताए । कार्यक्रम स्वास्थ्य शाखा प्रमुख रोहिन्द्र कमार राजभण्डारीले संचालन गरेका थिए । वडासदस्य धनबहादुर राईले स्वागत मन्तव्य राखेका थिए । शिविरमा वडासदस्य संगिता वि.क पनि उपस्थित रहेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes