१ दिने पत्रकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न - Pahilo Online

१ दिने पत्रकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

writer

मोरङको कानेपोखरी–२, स्थित शिक्षा विकास माबिमा एक दिने पत्रकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं २ को सहयोग र कानेपोखरी मिडिया प्रा.लिको आयोजनामा गत शनिबार सोही विद्यालयमा अध्ययनरत कक्षा १२ का छात्रछात्रालाई अभिमुखीकरण गरिएको हो । कक्षा १२ का ३५ जना छात्रछात्रा कार्यक्रममा सहभागी भएका थिए ।

पत्रकार आचारसंहिता, छापा, रेडियो र अनलाइन पत्रकारीता, पत्रकार र उद्घोषण कला सम्बन्धी अभिमुखीकरण गरिएको थियो । कार्यक्रमलाई पत्रकार अर्जुन जम्मेली राई, केशव निरौला र मोहन भट्टराईले सहजिकरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि वडा नं २ का सुशिल बुढाथोकीले विद्यार्थीहरुले आधारभूत कुराहरुको ज्ञान लिनु पर्ने आवश्यक भएकोले यस्तो कार्यक्रम विद्यालयमा आयोजना गरेको बताए । यहाँ अध्ययनरत विद्यार्थीहरुको पढाई मात्र नभएर विभिन्न क्षेत्रमा क्षमता बृद्धि गर्न वडा कार्यालय लागि परेको उनले बताए ।

कार्यक्रममा विद्यालयको प्रधानाध्यपक रुद्र निरौला र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कार्कीले सम्बोधन गरेका थिए । त्यसैगरी सहभागीको तर्फबाट सिर्जना कार्की र दुर्गा प्रसाद खतिवडाले कार्यक्रमको बारेमा आफ्नो भनाई राखेका थिए । कानेपोखरी मिडिया प्रा.लि.का संचालक सदस्य अशोक फुयलको सभापतीत्वमा भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes