कोरोना रोकथाम र नियन्त्रणका लागि टोल विकास संस्थाहरुलाई सकृय बनाउदै - Pahilo Online

कोरोना रोकथाम र नियन्त्रणका लागि टोल विकास संस्थाहरुलाई सकृय बनाउदै

writer

सुनसरी । इटहरी उपमहानगरमा कोरोना रोकथाम र नियन्त्रणका लागि टोल विकास संस्थाहरुलाई सकृय वनाउन थालिएको छ । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण नगरस्तरीय समितिको वैठकले गरेको निर्णय वमोजिम टोल विकास सस्थाहरुलाई सक्रिय बनाउन थालिएको हो । सो निर्णयलाई कार्यावन्यन गर्न वडा नम्वर ९ को आयोजनामा टोल विकास सस्थाका अध्यक्षहरु र सरोकारवालाहरुको वैठक सम्पन्न भएको छ ।

वडाध्यक्ष भूपेन्द्र वरालका अनुसार आफनो टोलमा विदेश बाट आएका ब्यक्तिहरु, पोजेटिभ विरामीको सम्पर्कमा आएका ब्यक्तिहरु र परीक्षण सिफारिस भई नतिजा नआइसकेका ब्यक्तिहरुले १० दिन सम्म क्वारेण्टिनमा वसे नवसेको टोल विकास सस्थाले निगरानी गर्ने निर्णय गरिएको छ । क्वारेण्टिन वा होम आइसोलेसनमा वसेका ब्यक्तिहरुलाई आवश्यक सर सहयोग जुटाउन समेत टोल विकास सस्थाहरुले भूमिका निर्वाह गर्ने छन । होम आइसोलेसनमा वसेका टोलवासीहरुले अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी गराउने र सावधानी अपनाएको नअपनाएको बारेमा अनुगमन समेत गर्ने छन् । टोलमा हुने जुनसुकै जमघटमा २५ जना भन्दा वढि भेला हुन नदिने र भएमा वडाकार्यालयमा रिर्पोटिङ्ग गर्ने छन । टोलमा रहेका हाटवजारमा स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गराउन आवश्यक सहयोग तथा पहलकदमी लिने वैठकले निर्णय गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes