‘प्रथम सुन्दरहरैंचा मेयरकप फुटबल प्रतियोगिताको विजेता टिमलाई नगरको बधाई - Pahilo Online

‘प्रथम सुन्दरहरैंचा मेयरकप फुटबल प्रतियोगिताको विजेता टिमलाई नगरको बधाई

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाले ‘प्रथम सुन्दरहरैंचा मेयरकप फुटबल प्रतियोगिता’को विजेता पथरी शनिश्चरेको टिमलाई बधाई ज्ञापन गरेको छ । कोरोना सतर्कता सम्बन्धी स्वास्थ्यको मापदण्ड अपनाएर नगर प्रमुख दिलीपकुमार राईले नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका कार्यालयको आयोजनामा बैशाख १४ मा सम्पन्न फुटबल प्रतियोगिताको विजेता टिमलाई प्रोत्साहन स्वरुप नगद ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे । साथै उनले नगरको खेलकुदको विकासमा नगरले सधैं साथ दिएर सहयोग पुर्याइरहने बताए ।

फुटबल टिमका अगुवा नेपाली राष्ट्रिय खेलाडी दीपक राई सहितले नगर प्रमुख राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिग्राम काफ्ले सहितलाई विजेता कप हस्तान्तरण गर्नुभयो । प्रतियोगितामा पथरी शनिश्चरेको टिमले नगद ३ लाख र आकर्षक कप हात पारेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes