इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको राजश्व प्रशासन शाखामा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पाँच दिनका लागि सो शाखाबाट हुने सबै सेवा बन्द गरिएको छ ।
शाखा प्रमुख नवीन भट्टराईका अनुसार आजदेखि पाँच दिनसम्म राजश्व प्रशासन शाखाबाट हुने करलगायतका सबै सेवा बन्द गरिएको हो । वडा कार्यालयबाट हुने कर संकलन कार्य भने नियमिति हुने उनले बताए ।