सामाजिक विकास मन्त्रालयद्धारा घरेलु मदिरालाई ब्रान्डिङ गर्न कार्यदल गठन - Pahilo Online

सामाजिक विकास मन्त्रालयद्धारा घरेलु मदिरालाई ब्रान्डिङ गर्न कार्यदल गठन

writer

मोरङ । प्रदेश १ सरकारले नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धनको विषयमा सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ । सामाजिकविकास मन्त्रालयले प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यहरुमाप्रदेश योजनाआयोग सदस्यमिना भण्डारी, मुख्यमन्त्री शेरधन राईकाआर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाई, प्रदेश कृषि निर्देशनालयका प्रमुख प्रकाश डाँगी, सामाजिक विकास मन्त्रालयका उपसचिव अम्विका प्रसाद चौलागाई, आन्तरिक मामिला तथा कानूनमन्त्रालयका उपसचिव कमलकुमार थापा, प्रदेश योजना आयोगका अधिकृत राकेश निरौला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सहायक वनस्पती अधिकृत राजेश तामाङ रहनु भएको छ । कार्यदलको सदस्य सचिवमा सामाजिकविकास मन्त्रालयका कानुन अधिकृत निर्मल भट्टराई रहनु भएको छ ।

कार्यदललाई सामाजिक विकास मन्त्रीउषाकला राईले अघि बढाएको ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणा कार्यान्वयनकालागि सम्भाव्यताअध्ययनको जिम्मेवारी दिईएको सामाजिकविकास मन्त्रालयले जानकारी दिएको छ । कार्यदलका सदस्यलाई कार्य जिम्मेवारी सहित ४५ दिनभित्रमा मन्त्रालयमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिईएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई
  • प्रकाशक–सम्पादकः मोहन भट्टराई

© Copyright 2017 - 2021 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes