अनेम संघ क्रान्तिकारी पथरीशनिश्चरेको नयां नेतृत्व - Pahilo Online

अनेम संघ क्रान्तिकारी पथरीशनिश्चरेको नयां नेतृत्व

राधिका गौतमको अध्यक्षतामा ८१ जनाको नगर कमिटि

writer

पहिलो अनलाइन

पथरी । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भगीनी संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको पथरीशनिश्चरेमा नयां नृतृत्व चयन भएको छ । आज शनिबार पथरी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भेलाले उक्त कमिटि चयन गरेको हो ।


अनेम संघ क्रान्तिकारी पथरीशनिश्चरे नगर भेलाले समितिको उपाध्यक्षमा गंगामाया सांवा, रेणुका अधिकारी, सीता राई, पुनम खतिवडा र सचिवमा पदमा पाण्डेलाई चयन गरेको हो । यसैगरी, नगर कमिटिको सह–सचिवमा वर्षा कंशाकार, करुणा राई र कोषाध्यक्षमा गोमादेवी लुइटेल रहेका छन् । समितिको सदस्यहरुमा तुलसादेवी दर्जी, जानुका श्रेष्ठ, शोभा गुरुङ, ज्ञानु मगर, अञ्जिता राई, कौशिला अधिकारी, तुलजा पोखरेल, सारदा कार्की, मैया घतानी, लक्ष्मि भट्टराई, सिता रसाइली, जानुका भट्टराई, दुर्गा सुबेदी, दिलु मगरलगायत ८१ सदस्य रहेका छन् ।

कार्यक्रममा संविधानसभा सदस्य लालबहादुर सुस्लिङ मगर, नेकपा माओवादी केन्द्रका नेतृहरु गिता तिम्सिना, विनिता घिमिरे सामना, जिल्ला सदस्य दिनानाथ तिम्सिना, नेत्र पोखरेल, नेकपा माओवादी केन्द्र नगर कमिटिका पदाधिकारीहरु, जनप्रतिनिधिहरुलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes