गोली हानी शिक्षकको हत्या - Pahilo Online

गोली हानी शिक्षकको हत्या

writer

ताप्लेजुङ । मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका एक शिक्षकको गोली प्रहार गरी हत्या गरिएको छ। जालपा देवी आधारभुत विद्यालयका शिक्षक खड्गबहादुर लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ।

बिहीबार साँझ करिब साढे पाँच बजे सान्थाक्राकै प्रताप भनिने आकाश लिम्बूले घरको आँगनमा निस्किएको समयमा शिक्षक खड्गलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए।

गोली हानी हत्या गरेको आरोपमा आकाशलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पोखरेलले बताए। शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङ राखिएको छ। घटनामा प्रयोग भएको भरुवा बन्दुक समेत बरामद गरिएको प्रहरीले बताएको छ। (थाहखबर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes