मोरङ । मोरङ कानेपोखरी २ दलेली की ४३ बर्षीय सुकवती राजवंशीको चट्याङमा परी मृत्यु भएको छ । आज बिहान साढे ८ बजे उनि पानी परेकोले घर नजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परी गम्भिर घाईते भएकी थिईन । घाईते राजबंशीको उपचारको लागि उर्लाबारी स्थित मदनभण्डारी अस्पताल तथा ट्रमासेन्टर लगेकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।