पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा स्थानीय जनगणना समन्वय समिति गठन भएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत उपसचिव शालिग्राम काफ्ले संयोजक रहेको समिति गठन भएको हो । समितिको सदस्यमा, इलाका प्रहरी कार्यालय पथरी प्रमुख डीएसपी कृष्ण खड्का, शिक्षा अधिकृत नविन खुलाल, वडा नम्बर १ का सचिव कमल भट्टराई र सदस्य सचिवमा नगरको कृषि शाखाकी कर्मचारी सविना राई चुनिनु भएको छ ।
सो समितिको बैठकले यही वर्ष हुने जनगणनाका लागि नगरमा स्थानीय जनगणनाको कार्यालय स्थापना भएको उल्लेख गर्दै जनगणना कार्यमा सहयोग पुर्याउन सम्पूर्ण नगरवासीमा आव्हान गर्ने पनि निर्णय गरेको छ ।