सुनसरी । सुनसरी दुहबी नगरपालिका २ स्थित रहेको प्रिमियम स्टिल फ्याक्ट्रीमा काम गर्ने कामदारको फरामले किचेर मृत्यु भएको छ । आज बिहान ६ बजे सोही फ्याक्ट्रीका कामदार सप्तरी छिन्नमस्ता २ का ४० बर्षीय दिपेन्द्र यादबले फलाम पल्टाउँदा सोही फलामले किचेर घाईते भएका थिए । उनलाई उपचारको लागी न्युरो अस्पताल विराटनगरमा पुर्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भईसकेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।