समाज परिवर्तनकालागि स्काउटको भूमिका महत्वपूर्णः मन्त्री राई - Pahilo Online

समाज परिवर्तनकालागि स्काउटको भूमिका महत्वपूर्णः मन्त्री राई

writer

विराटनगर । प्रदेश १ की सामाजिकविकास मन्त्री उषाकला राईले समाज परिवर्तनकालागि स्काउटको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन् । उनले मर्यादित राष्ट्र बनाउने काममा स्काउटको भूमिका आवस्यक रहेको बताइन् ।

नेपाल स्काउट प्रदेश समितिले आयोजना गरेको दीक्षान्त समारोहमा मन्त्री राईले सो कुरा बताएकी हुन् । उनले प्रत्येक बालबालिकालाई स्काउट शिक्षाआवस्यक रहेकोमा जोड दिइन् । प्रदेशकाविद्यालयमा स्काउट शिक्षालागू गराउनका लागि आफु प्रतिबद्ध रहेको समेत उनले बताइन् । उनले भनिन्,‘ मानवजीवनलाई समृद्ध बनाउने काम स्काउटले गर्छ ।’

सामाजिकविकास मन्त्रीमानियुक्त भएपछि नेपाल स्काउट प्रदेश समितिले आजमन्त्री राईलाई दीक्षित गरेको हो । सामाजिकविकास मन्त्रालयमाआयोजितदीक्षान्त समारोहमामन्त्री राईलाई नेपाल स्काउट ऐन बमोजिमप्रदेश प्रमुख स्काउटका रुपमादीक्षित गरेको हो ।

दीक्षान्त समारोहमा नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले नेपालमा नैतिकवान नागरिक उत्पादनकालागि स्काउटले कामगरिरहेको बताए । प्रदेश संयोजक रविखनालले सिमित विद्यालयमा रहेको स्काउट अहिले ठुलो मात्रामा फैलिएको बताए । उनले प्रदेश १ का ५ सय बढी व्यक्तिहरुलाई स्काउट लिडरको तालिमप्रदानगरिएको जानकारी दिए ।

दीक्षान्त समारोहमा सामाजिकविकास मन्त्रालयका सचिवगोविन्दबहादुर कार्की, उपसचिवअम्विकाचौलागाई, स्काउटका सल्लाहकार लगायतको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes