प्रदेश १ मा आज ५५ संक्रमित थपिए - Pahilo Online

प्रदेश १ मा आज ५५ संक्रमित थपिए

writer

मोरङ । प्रदेश नंं १ मा आज ५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १० महिला र १४ पुरुष सहित २४, सुन्दरहरैचामा २, बुढीगंगा, बेलबारी र कटहरीमा १–१, झापाको विर्तामोडमा ५, कनकाई र भद्रपुरमा ३–३, दमक र मेचीनगरमा २–२, अर्जुनधारा र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरी, देवानगञ्ज र बराहक्षेत्रमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ७०२ पुगेको छ । सक्रमित मध्ये २९ हजार ९११ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३१९ पुगेको छ । प्रदेश १ मा आज ३२५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२ महिला र ३३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes