पथरी शनिश्चरे । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरको ३ वटा वडामा बाख्रा तथा बंगुरपालन सम्बन्धी सिप विकास तालिम सञ्चालन भएको छ । नगर प्रमुख दिलीपकुमार राईले नगरमा लघु उद्यम विकास गर्न स्थानीयको मुख्य भूमिका रहने बताए ।
यसअघि छनौटमा परेका वडा नम्बर १, २ र ३ का २९ जना पशुपालकहरुका लागि ५ दिने सिप विकास तालिममा वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्की र उद्यम विकास सहजकर्ता भगवती कटुवालले सहजिकरण गरेका थिए ।