आर्थिक बृद्धिका लागि कार्यक्रम बारे छलफल - Pahilo Online

आर्थिक बृद्धिका लागि कार्यक्रम बारे छलफल

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा हेफर इन्टरनेशनलले आर्थिक बृद्धिका लागि पालिकाहरुसँगको सहकार्यको कार्यक्रमका बारेमा आज जनप्रतिनिधि सहितका सरोकारवाला पक्षसँग जानकारी गराएको छ । हेफरका १ नम्बर प्रदेशका कार्यक्रम प्रवन्धक दिपेश पोखरेल सहितले हेफरको महिला शसक्तिकरण तथा जिविकोपार्जन कार्यक्रमका साथै हाल नेपाल सरकारका साथै पालिकाहरुसँगको सहकार्यको कार्यक्रमका बारेमा जानकारी गराउनु गराए ।


हेफरको २५ प्रतिशत र पालिकाको ७५ प्रतिशतको साझेदारी मोडेलमा विभिन्न ठाउँमा कार्यक्रम सञ्चालन थालिएको जनाउँदै यसको समुदायमा पर्ने प्रभावका बारेमा जानकारी गराइएको छ । सो कार्यक्रमको अध्यक्षका रुपमा रहनु भएका नगर प्रमुख दिलीपकुमार राईले नगरपालिकाले यसबारे छलफल गर्ने बताए । कार्यक्रममा कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख र यस अघि हेफरले खडा गरेको चौतारी समूहका सदस्यहरु सहभागि थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes