विराट गोल्डकपको उपाधि एपिएफ क्लबलाई - Pahilo Online

विराट गोल्डकपको उपाधि एपिएफ क्लबलाई

writer

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करणको उपाधि नेपाल एपिएफ क्लबले जितेको छ । सहिद रंगशालामा शनिबार साँझ भएको प्रतिस्पर्धात्मक फाइनलमा भारतको पञ्जाब पुलिस क्लबलाई १–० ले हराउँदै एपिएफले पहिलो पटक विराट गोल्ड कप जित्न सफल भएको हो ।

प्रदीप लामाले १० औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो । अर्काे विभागिय टोली नेपाल पुलिस क्लबमाथि २–० को जित निकाल्दै अघि बढेको एपिएफले सेमिफाइनलमा आयोजक विराटनगर महानगरपालिकामाथि ३–२ ले निराश बनाएको थियो । विराट गोल्डकपको इतिहासमा दोस्रो पटक फाइनलसम्म पुगेको थियो । यसअघि टोली २०७० सालमा फाइनल पुगेको थियो । यसपटक विराट गोल्डकपको च्याम्पियन बनेको एपिएफले उपाधिसहित १५ लाख १५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

पहिलो पटक विराट गोल्ड कपमा सहभागी पञ्जाब पुलिसले उपविजेताका रुपमा प्रतियोगिताको अन्त्य गरेको छ । गोर्खा ब्वाइजलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै अघि बढेको पञ्जाबले क्वार्टरफाइनलमा सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई २–० र सेमिफाइनलमा आहा रारा गोल्डकपको विजेता संकटा क्लबलाई १–० ले पराजित गरेको थियो । पञ्जाबले ७ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्यो ।

प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषद् सदस्य एवम् राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान र विराटनगरका मेयर भीम पराजुलीलगायतले विजेता, उपविजेता टोलीलाई पुरस्कृत गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes