धनकुटा र तेह्रथुममा बिहिबारसाँझको असिनाको कारण करोडौंको तरकारी नष्ट - Pahilo Online

धनकुटा र तेह्रथुममा बिहिबारसाँझको असिनाको कारण करोडौंको तरकारी नष्ट

writer

बिहिबार साँझ असिना पानीले धनकुटा र तेह्रथुममा करोडौं रुपैयाँ बराबरको तरकारी बाली नष्ट गरेको छ। धनकुटा र तेह्रथुमको उत्तरी भेगमा तीन फिटसम्म बाक्लो असिना जमेको छ। असिना पानीले तरकारी बालीमा ठूलो क्षति पुगेको धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिधुवाका किसान मेघेन्द्र गुरुङले बताए। असिना पानीले धनकुटामा मात्र करिब १३ करोड रुपैयाँ बराबरको तरकारी बाली नष्ट गरेको गुरुङले बताए।

तीव्र हावाहुरीसँगै परेको असिनाले किसानको अन्नबालीमा समेत असर पु¥याएको छ। असिनाले छथर जोरपाटी–६ को पुरै भाग, वडा नम्बर २ र ५ को केही भाग तथा महालक्ष्मी नगरपालिकाको वडा नम्बर १, ८ र ९ का केही भागमा लगाएको तरकारी बाली नष्ट भएको बताइएको छ। गुरूङले उन्नत जातका आरकेल मटर (केराउ)‚ मार्फा, चौडा रायोको साग टिप्न बाँकी ४० प्रतिशत र काट्न हुन लागेको उन्नत जातको माधुरी फुलगोभी (काउली) सबै नस्ट गरेको जानकारी दिए। हालको मूल्यअनुसार करिब १२ करोड ५० लाख रुपैयाँ बराबरको तरकारी नस्ट भएको गुरूङको अनुमान छ।

 

यस्तै‚ बिहीबार साँझ परेको असिनाले तेह्रथुमको छथर गाउँपालिका, लालीगुराँस नगरपालिका क्षेत्रका किसानले लगाएको तरकारी बाली पनि नष्ट भएको छ। असिनापानीले तरकारी, फलफूल र मकै बालीमा क्षति पु¥याएको छ। बारीमा टिप्न तयारी अवस्थामा रहेका तरकारीबाली सम्पूर्ण रुपमा नष्ट भएका हुन्। स्थानीय तहहरूले भने तथ्यांक संकलनपछि मात्र क्षतिको विवरण आउने छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई
  • प्रकाशक–सम्पादकः मोहन भट्टराई

© Copyright 2017 - 2021 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes