सुरक्षित आवास कार्यक्रममा छनौट भएका परिवारको बैंक खाता - Pahilo Online

सुरक्षित आवास कार्यक्रममा छनौट भएका परिवारको बैंक खाता

writer

पथरीशनिश्चरे । नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रममा छनौट भएका पथरीशनिश्चरे वडा नं ४ का ५० घरपरिवारको बंैक खाता खोलिएको छ । शुक्रबार वडा कार्यालयमा कुमारी बैंकका कर्मचारी आई खोलिदिएका हुन् । खाता खोल्ने कार्यक्रमसंगै नागरिकको अन्योलताको बारे प्राविधिक र वडाअध्यक्षले प्रष्ट पारेका थिए । वडामा ६१ परिवारको लगत संकलन गरी पठाइएकोमा ५० घरपरिवार छनौट भएका हुन् । छनौट भएका परिवारले २ किस्तामा रकम प्राप्त गर्नेछन् । पहिलो किस्तामा ३० हजार र दोस्रो किस्तामा २० हजार गरी प्रतिघर पचास हजार प्राप्त गर्नेछन् । आवास कार्यक्रम २ चरणमा गरीनेछ पहिलो चरणमा २२ परिवारलाई रकम प्रदान गरीने र त्ससको केहि समय पछि बाँकि परिवारलाई प्रदान गरीने वडाअध्यक्ष गोविन्द बहादुर भण्डारीले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes