शनिबार विराट गोल्डकपको फाइनलमा एपिएफ र पञ्जाब पुलिस भिड्ने - Pahilo Online

शनिबार विराट गोल्डकपको फाइनलमा एपिएफ र पञ्जाब पुलिस भिड्ने

writer

मोरङ । भारतको पञ्जाब पुलिस क्लब विराट गोल्डकप फुटबल प्रतियोगितको फाइनलमा प्रवेश गरेको छ। मोरङको विराटनगरस्थित सहिद रंगशालामा बिहीबार राति भएको खेलमा पञ्जाबले संकटा क्लबलाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

निकै प्रतिस्पर्धात्म बनेको खेलमा पञ्जाबलाई जित दिलाउन परमित सिंहले ७६औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। पञ्जाबले शनिबार हुने फाइनल खेलमामा एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

पहिलो सेमिफाइनलमा एपिएफले आयोजक विराटनगर महानगरपालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै यसअघिनै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो। प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख १५ हजार हात पार्नेछ भने उपविजेताले ७ लाख ५१ हजार प्राप्त गर्नेछ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes