चिराइतोको मूल्य बढेपछि पहाडि जिल्लाका किसान उत्साहित - Pahilo Online

चिराइतोको मूल्य बढेपछि पहाडि जिल्लाका किसान उत्साहित

writer

ताप्लेजुङ । औषधिको लागि प्रयोग हुने चिराइतोको विगतका वर्षको तुलनामा यस वर्ष मूल्यमा वृद्धि भएको छ । मूल्यमा वृद्धि भएपछि ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका किसान उत्साहित भएका छन्। गएको वर्षमा चिराइतोको मूल्य कम हुँदा मारमा पर्दै आएका किसान यो वर्ष मूल्यमा वृद्धि भएसँगै उत्साहित बनेका हुन्। अहिले ताप्लेजुङमा प्रतिमन ९४० किलो० १५ हजार रुपैयाँका दरले चिराइतोको कारोबार भइरहेको छ। ‘गत वर्ष ताप्लेजुङमा चिराइतोको अधिकतम मूल्य प्रतिमन १० हजार रुपैयाँ थियो,’ व्यवसायी रुद्र अधिकारीले भने, ‘‘अहिले रु १५ हजारले कारोबार गरिरहेका छौँ।’

हिमाली तथा पहाडी जिल्लामा चिराइतोलगायतका जडीबुटीलाई समेत प्रमुख आमदानीको स्रोतका रूपमा लिने गरिएको छ। अलैँची खेतीमा संलग्न नभएका किसानले चिराईतो खेती गर्दै आएका छन्। तर, यस अघिका वर्षमा राम्रो मूल्य नहुँदा चिराइतो खेती गर्दै आएका र जंगलमा सङ्कलन गरेका किसान निरास थिए। कम बजार मूल्यका कारण लागत मूल्य नै नउठ्ने भए पछि कतिपयले त्यतिकै थन्क्याएर राखेका थिए।

‘अघिल्ला वर्षहरुमा लागत नै नउठ्ने मूल्य थियो, जंगल फाँडेर लगाएको चिराइतो खेती प्रति उत्साह थिएन तर यो वर्ष केही सुधार हुनाले सबैलाई सामान्यरूपमा फाइदा पुगेको छ,’ चिराइतो खेती गर्दै आएका सिरिजंघा गाउँपालिकाका किसान खड्क गुरुङले भने। ताप्लेजुङको सिरिजंघा, सिदिङ्वा, फक्ताङलुङलगायतका गाउँपालिकाका किसानले चिराइतो खेती गर्दै आएका छन्। कतिपयले जंगलमा गएर संकलन गरी बिक्री वितरण गर्दै आएका छन्।

ओलाङ्चुङगोला हुँदै चीनको तिब्बत र भारतीय बजारमा चिराइतो निकासी हुने गरेको छ। तर, यो वर्ष कोभिड–१९ अर्थात् कोरोना संक्रमणका कारण चीनतर्फका नाका बन्द भएकाले त्यसतर्फ भने निकासी हुन नसकेको व्यवसायीले बताएका छन्। भारतीय बजारमा भने झापाको बिर्तामोड हुँदै निकासी भइरहेको व्यवसायीको भनाइ छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes