पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगका बारेमा विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
नगरको पशुपंक्षी शाखाको आयोजनामा चालु आर्थिक वर्षका लागि १० वटा विद्यालयमा जुनोटिक रोग र यसबाट बच्ने उपायका बारेमा शिक्षा प्रदान गर्ने कार्यक्रम अन्तर्गत हालसम्म ६ वटा विद्यालयमा कक्षा सम्पन्न भएको छ ।
जस अन्तर्गत आज वडा नम्बर १ को भूपू सैनिक बोर्डिङमा कक्षा सञ्चालन गरिएको पशुपंक्षी शाखाका कर्मचारी एवम् सहजकर्ता पर्वत शाहले जनाए । पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले पनि कक्षाको सहजिकरण गरेका थिए । गत वर्ष पनि अन्य १० वटा विद्यालयमा कक्षा सञ्चालन गरिएको थियो ।