आगोले जलि बृद्धाको मृत्यु - Pahilo Online

आगोले जलि बृद्धाको मृत्यु

writer

तेह्रथुम । तेह्रथुम म्याङलुङ नगरपालिका ३ नागदह बस्ने ७२ बर्षीया फुलमाया ढुंगानाको आगोले जलि मृत्यु भएको छ । सोमबार बिहान साढे ९ बजे उनि घरदेखी नजिक आफ्नै बारीमा सुकेका झ्यास, झिक्रा डढाउने क्रममा सो आगो नजिकै रहेको बासझ्याङमा पुगेको थियो । बासझ्याङमा आगो सल्किएको थाहा पाई स्थानिय किशोर प्रसाद सिग्देल र फुलमाया की जेठि बुहारी आई निभाउने क्रममा सोही बासझ्याङमा खोल्सी परेको स्थानमा फुलमायाको शरिरको पुर्णरुपमा कपडा जलिसकी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes