एनएसएल उद्घाटन खेल काठमाडौं र ललितपुरबीच हुने - Pahilo Online

एनएसएल उद्घाटन खेल काठमाडौं र ललितपुरबीच हुने

writer

काठमाडौं । घरेलु फुटबलको पहिलो फ्रेन्चाईज लिग खुकुरी नेपाल सुपर (एनएसएल) को उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टनको आयोजनामा ७ टोलीको सहभागितामा वैशाख ११ गते दशरथ रंगशालामा एनएसएल सुरु हुँदैछ । सहभागी टोलीहरुले तयारीलाई तीब्रता दिइरहँदा सोमबार खेल तालिका सार्वजनिक भएको हो ।

पहिलो खेल वैशाख ११ गते साँझ ५ः३० बजे सुरु हुनेछ । त्यस्तै दोस्रो दिन वैशाख १२ गते दुई खेल हुनेछन् । दिउँसो २ः३० बजे सुरु हुने खेलमा विराटनगर सिटी एफसी र धनगढी एफसीबीच खेल हुनेछ । सोही दिन साँझ ५ः३० बजे पोखरा थन्डर्स र बुटवल एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि वैशाख ११ देखि २५ गते सम्म एनएसएल हुने भनिएपनि नयाँ तालिका अनुसार जेठ १ गते समापन हुनेछ ।

यसअघि राउन्ड रोविन लिग हुने भनिएपनि एनएसएलको फाइनल पनि हुने भएको छ । राउन्ड रोविन लिगका २१ र फाइनल सम्म अन्य ४ खेल गरि अब २५ खेल हुने भएका छन् । राउन्ड रोविन लिगपछि शीर्ष २ मा रहेका टोलीले पहिलो प्लेअफ खेल्नेछन् ।

एनएसएलका सिईओ सुदीप शर्माका अनुसार पहिलो प्लेअफको विजेताले फाइनलमा स्थान बनाउने छ । तेस्रो र चौथोबीच दोस्रो प्लेअफमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै वैशाख ३० मा एलिमिनेटर खेल हुनेछ । एलिमिनेटरमा पहिलो प्लेअफमा पराजित हुने टोली र दोस्रो प्लेअफको विजेताले फाइनल प्रवेशका लागि खेल्नेछन् । (हाम्रो खेलकुद)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes