सहकारी ऐन र नियमावली सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम - Pahilo Online

सहकारी ऐन र नियमावली सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरका सहकारी संस्थाका लागि सहकारी ऐन र नियमावली सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम आज सम्पन्न गरेको छ । नगर प्रमुख दिलीपकुमार राईले सहकारीहरुसँग अन्तरक्रिया अघि बढाएर सहकारी व्यवस्थापनमा नगरले सहयोग पुर्याउने बताए । सो अवसरमा नगरका उपसचिव शालिग्राम काफ्लेले पनि मन्तव्य व्यक्त गरे ।


प्रदेश सहकारी रजिष्टारको कार्यालयका अधिकृत ढुण्डीराज दहालले कार्यक्रमको सहजिकरण गर्दै सहकारी ऐन, नियम तथा सहकारी एकिकरण कार्यविधिका बारेमा प्रष्ट्याए । कार्यक्रममा नगरमा सहकारी व्यवस्थापनमा थप काम गर्नुपर्ने आवश्यकता देखिएका सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारी सहभागि गराइएको सहकारी शाखा प्रमुख केशवदेवी धमलाले जानकारी दिए । शाखाले नगरका सहकारीलाई कानूनी रुपमा समेत व्यवस्थित गर्ने सन्देशका साथ संस्थाहरुको अवलोकन तथा अनुगमन गर्दै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes