झापा । झापा बिर्तामोड नगरपालिका ६ बुट्टाबारी स्थित पुर्व–पश्चिम राजमार्गमा आज बिहान ७ बजे भएको सवारी दुर्घटनामा परी मोटरसाईकल चालक अर्जुनधारा ५ बैसाबारी का ३८ बर्षीय रामकान्त चौधरीको मृत्यु भएको छ । पुर्व तर्फ जादै गरेको मे१ख २६२७ नम्बरको बसलाई सोही दिशाबाट जादै गरेको मे ४ प ६७४८ नम्बरको मोटरसाईकलले ओभर ट्याक गर्ने क्रममा बसमा ठोकिन गई मोटरसाईकल अनियन्त्रित भई बिपरीत दिशाबाट आउदै गरेको ना४ख ७२८९ नम्बरको ट्रकले ठक्कर दिई घाईते भएका चौधरीको उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको हो । ट्रक, ट्रक चालक ईलाम देउमाई ६ रक्सेका ४२ बर्षीय निमा शेर्पा र बस, बस चालक मोरङ उर्लाबारी ४ का ३० बर्षीय खड्क बहादुर भुजेल नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।