प्रदेश १ मा ३ विभिन्न घटनामा ३ जनाको मृत्यु - Pahilo Online

प्रदेश १ मा ३ विभिन्न घटनामा ३ जनाको मृत्यु

writer

मोरङ । मोरङ जहदा १ भुटाहा चोक स्थितमा निर्माणाधिन बाटोमा काम गर्ने स्काईभेटर अप्रेटरको बकेटले लागी सोही स्काईभेटरका चालक ताप्लेजुङ्ग का २६ बर्षीय दिपक तामाङको मृत्यु भएको छ । शुक्रबार दिउसो साढे २ बजे स्काईभेटरको तेल हाली स्काईभेटरको अप्रेटर रहेका तामाङले आफैले स्काईभेटर चेकजाँच गर्दा स्काईभेटरको बकेट खुस्की घाईते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

बोलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु
झापा बुद्धशान्ति गाऊपालिका ३ सात नम्बर चौक स्थित मेची हाईवेमा बोलेरो पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार राती साढे ८ बजे उत्तर तर्फ जादै गरेको मे१च ६४१३ नम्बरको बोलेरो पिकअपले तत्काल नामथर, वतन नखुलेको अन्दाजी ४० बर्षीय पुरुष मानिसलाई ठक्कर दिई घाईते भएका उनको द्य७ऋ अस्पताल बिर्तामोडमा पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटना गराउने बोलेरो र चालक मेचिनगर ३ बाहुनडाँगीका ५४ बर्षीय चुनचुन सन्तोष राई नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

ढुंगाले किची मृत्यु
मोरङ केराबारी गाऊपालिका ८ आमजुङी बस्ने ४५ बर्षीया कुमारी लिम्बुको ढुंगाले किची मृत्यु भएको छ । शुक्रबार दिउसो साढे १ बजे सोही स्थानमा रहेको खदम खोलामा ढुङ्गा टिप्ने क्रममा थकाई लागी नजिकै रहेको ठुलो ढुङ्गामा अडेस लागी सितलमा बसिरहेको अबस्थामा सोही ढुङ्गाले किचि लिम्बुको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes