मन्त्री ढकाललाई कानेपोखरीमा कालो झण्डा प्रर्दशन - Pahilo Online

मन्त्री ढकाललाई कानेपोखरीमा कालो झण्डा प्रर्दशन

writer

कानेपोखरी । मोरङको कानेपोखरीमा आज संस्कृति,पर्यटन तथा नागरिक उड्डयान मन्त्री भानुभक्त ढकाललाई स्थानिय युवाले कालो झण्डा देखाएका छन । कानेपोखरी ६ स्थित रमाइलो बजारमा आज माओवादी केन्द्रको युवा संगठन वाइ सि एल र नेपाली कांग्रेसको युवा संगठन तरुण दलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन । शुक्रबार दिउँसो रमाइलो चौकमा भ्रष्टचारी मन्त्री मुर्दाबाद,भ्रष्टचारी बाइ बाइ क्षेत्र छिर्न नपाई, १ अर्ब २४ करोडको हिसाब खोइ लगायतको प्लेकार्ड बोकेका युवाहरुले मन्त्री ढकाल विरुद्ध चर्को नाराबाजी गरि कालो झण्डा प्रर्दशन गरेका थिए । युवाहरुले चर्को नाराबाजीसहित कालो झण्डा देखाएपछि मन्त्री ढकाल बाटो परिर्वतन गरि कार्यक्रम स्थल गएका थिए । मन्त्री ढकाल नेकपा एमाले ओली समुहको कानेपोखरी गाउँ कमिटीका नवगठित सदस्यहरुलाई सपथ ग्रहण गराउन कानेपोखरी आएका हुन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes