बोलेरो दुर्घटनाबाट ३ जनाको मृत्यु, १ जना घाईते - Pahilo Online

बोलेरो दुर्घटनाबाट ३ जनाको मृत्यु, १ जना घाईते

writer

ओखलढुङगा । ओखलढुङगा मानेभञ्ज्याङ-४ धुसेनि स्थित भित्रि सडक खण्डमा बोलेरो दुर्घटना हुँदा ४ जना सवार मध्ये ३ जनाको मृत्यु र १ जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा बोलेरोमा सवार मानेभञ्ज्याङ-४ धुसेनि बस्ने ७१ बर्षीया बिनामाया आलेमगर, सोही स्थान बस्ने ५० बर्षीय टुल्कीमाया आलेमगर र सोही स्थान बस्ने  ५ बर्षीया बालिका डोल कुमारी आलेमगर रहेका छन् । आज बिहान सवा ११ बजे  धुसेनि तर्फ जादै गरेको  ना१ज ८३३२ नम्बरको बोलेरो आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ७ सय मिटर तल खसी दुर्घटना हुँदा गम्भिर घाईते भएका डोल कुमारीको जिल्ला अस्पताल रुम्जाटारमा उपचारको क्रममा दिउसो ४ बजे मृत्यु भएको थियो भने बिनामाया र टुल्कीमायाको सोही अस्पतालमा बेलुका साढे ६ बजे मृत्यु भएको थियो । उक्त दुर्घटनामा गम्भिर घाईते भएका बोलेरो चालक सिद्धिचरण १० बस्ने २६ बर्षीय कमल बहादुर थापामगरलाई थप उपचारको लागी एम्बुलेन्सद्धारा काठमाडौ पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes