धरानमा झुन्डिएको अवस्थामा एक व्यक्ति मृत्त फेला - Pahilo Online

धरानमा झुन्डिएको अवस्थामा एक व्यक्ति मृत्त फेला

writer

सुनसरी । धरान उपमहानगरपालिका ५ देउरालीमा आज बिहान झुन्डिएको अवस्थामा एक व्यक्ति मृत्त फेला परेका छन् । आफ्नै घरको कोठा भित्र झुन्डिएको अवस्थामा स्थानीय ५७ वर्षीय चित्रबहादुर लावतीको शव फेला परेको हो । केहिदिन देखी श्रमतीसंग पारिवारिक झगडा गर्दै आएका लावती झुन्डिएको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएसंगै घटना स्थलमा देउराली स्थित अस्थाइ प्रहरी चौकीबाट प्रहरी टोली घटना स्थल पुगेको छ । टिनले बेरा गरिएको घरको बरन्डामा रहको कोठा भित्र ढोका बन्द गरी छाना लगाउन प्रयाग हुने डाँडामा झुन्डिएको अवस्थामा मृत्त फेला परेका लावतीले बुधबार श्रीमतीमाथि हातपात गर्नुका साथै श्रीमतीको कपडा समेत जलाई दिएको बताइएको छ । लावतिका दुई छोरा र एक छोरी रहेका छन् । (ब्लाष्ट खबर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles