हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमको उद्घाटन् - Pahilo Online

हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमको उद्घाटन्

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा भोलीबाट सुरु हुने हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमको आज उद्घाटन् गरिएको छ । नगर प्रमुख दिलीपकुमार राईले औषधि सेवन गरेर नगरपालिका कार्यालयमा कार्यक्रमको उद्घाटन गर्नुभएको छ ।

भोली चैत २० देखि २७ गतेसम्म स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाले घर घरमा पुगेर औषधि सेवन गराउने कार्यक्रम रहेको प्रष्ट्याउदै उहाँले नगरवासीलाई औषधि सेवनको आव्हान समेत गर्नुभएको छ ।गर्भवती, ७ दिनसम्मको सुत्केरी, जटिल रोगी र ओछ्यान परेका विरामी, २४ घण्टाभित्र ज्वरो आएका व्यक्ति, २ वर्ष मुनीका बालबालिकाले बाहेक अन्य सवैले औषधि सेवन गर्न हुने जनाइएको छ ।

नगरले गत वर्ष ५७ हजार ६ सय ३६ जनालाई औषधि सेवन गराएर लक्ष्यको ९१ प्रतिशत सफलता हासिल गरेको थियो । औषधि सेवन गर्न नहुने समूह छुट्याएर यस वर्ष ६१ हजार ७ सय ३६ जनालाई औषधि सेवनको लक्ष्य बनाइएको छ । सेवन गर्न नहुनेमा २ वर्षमुनीका २ हजार ७ सय १३, गर्भवती १ हजार ७ सय ५७, सुत्केरी १ हजार ४ सय ९० र जटिल तथा सिकिस्त विरामी २ हजार १ सय ६९ जना रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes