भूटानी शरणार्थीहरुका लागि मानवीय सेवाका हिसावले विभिन्न कार्यक्रमहरुमा सहकाय गर्नेः नगर उप–प्रमुख - Pahilo Online

भूटानी शरणार्थीहरुका लागि मानवीय सेवाका हिसावले विभिन्न कार्यक्रमहरुमा सहकाय गर्नेः नगर उप–प्रमुख

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नगर क्षेत्रमा रहेका भूटानी शरणार्थीहरुका लागि मानवीय सेवाका हिसावले विभिन्न कार्यक्रमहरु सहकार्य गरेर अघि बढ्दै जाने बताइन् ।

उनले आज वडा नम्बर १० स्थित भूटानी शरणार्थी शिविरमा युएनएचसीआरको सहयोग र नेपाल सरकारको समन्वयमा लुथरन विश्व फेडेरेशनले सञ्चालन गरेको ‘लैंगिक विभेदमा आधारित यौनजन्य हिंसाबाट हुने घटनाको नियन्त्रण र समाधान विषयक क्षमता अभिबृद्धि तालिम’मा बोल्दै सो कुरा बताकी हुन् ।


कार्यक्रममा उनले विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुका लागि शिपमुलक कार्यक्रम, स्वास्थ्य, शिक्षा, न्याय सम्पादन सहितका मानवीय हिसावले पुर्याउन मिल्ने सहयोगका लागि समन्वयात्मक कार्यक्रम अघि बढाउँदै आएको र थप अघि बढाउँदै जाने प्रष्ट्याइन् ।

कार्यक्रममा, नगरका कानूनी सल्लाहकार दीपक कुमार राई र महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले महिला मञ्च, बाल मञ्च र अपाङ्गता मञ्चका सहभागिका लागि लैंगिक विभेदमा आधारित यौनजन्य हिंसाबाट हुने घटनाको नियन्त्रण र समाधानका बारेमा सहजिकरण गरे । लुथरनका लील कार्कीले कार्यक्रमको औचित्य प्रष्ट्याएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes