हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रमका बारे पत्रकारहरुसँग अन्तरक्रिया - Pahilo Online

हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रमका बारे पत्रकारहरुसँग अन्तरक्रिया

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा चैत २० गतेबाट सुरु हुने हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमका बारेमा आज स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राईले औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन नगरका रहेका पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने भएको उल्लेख गर्दै उहाँहरुसँग समाचार तथा सूचनामार्फत अभियानको प्रचार प्रसारको अपेक्षा व्यक्त गरे । चैत २० देखि २६ गतेसम्म स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाले घर घरमा पुगेर औषधि सेवन गराउने कार्यक्रम रहेको प्रष्ट्याउदै उनले नगरवासीलाई औषधि सेवनको आव्हान समेत गरे ।

कार्यक्रममा स्वास्थ्य शाखाका जगत मगरले हात्तीपाइले रोग, त्यस विरुद्ध औषधि सेवन लगायतका बारेमा सहजिकरण गरे । चैत १९ गते नगरमा औषधि खाएर अभियानको उद्घाटन् गरी २० गतेबाट घर घरमा पुगेर औषधि सेवन गरिने छ । गर्भवती, ७ दिनसम्मको सुत्केरी, जटिल रोगी र ओछ्यान परेका विरामी, २ वर्ष मुनीका बालबालिकाले बाहेक अन्य सवैले औषधि सेवन गर्न हुने जनाइएको छ ।

नगरले गत वर्ष ५७ हजार ६ सय ३६ जनालाई औषधि सेवन गराएर लक्ष्यको ९१ प्रतिशत सफलता हासिल गरेको थियो । औषधि सेवन गर्न नहुने समूह छुट्याएर यस वर्ष ६१ हजार ७ सय ३६ जनालाई औषधि सेवनको लक्ष्य बनाइएको छ ।

सेवन गर्न नहुनेमा २ वर्षमुनीका २ हजार ७ सय १३, गर्भवती १ हजार ७ सय ५७, सुत्केरी १ हजार ४ सय ९० र जटिल तथा सिकिस्त विरामी २ हजार १ सय ६९ जना रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes