एक महिलामाथि चार वर्षदेखि श्रमसँगै यौन शोषण - Pahilo Online

एक महिलामाथि चार वर्षदेखि श्रमसँगै यौन शोषण

writer

सोलुखुम्बुको थुलुङ दुधकोशी गाँउपालिका–९ की एक ४१ वर्षीय महिला विगत ४ बर्षबाट यौन शोषणमा परेको खुल्न आएको छ । आर्थिक अवस्था कमजोर भएकी उनले छिमिकी ६८ वर्षीय खड्गबहादुर बाट ६ हजार ऋण लिएकी थिइन् । त्यहि ऋणको ब्याज बापत काम गरीदिनु पर्ने र यौन शोषणमा परेकी ती महिलाले दाबी गरेकी छिन् ।

शनिबार सल्लेरीमा पत्रकारसँगको भेटमा ती महिलाले आफू अन्यायमा परेकाले न्याय माग्न सदरमुकाम आइपुगेको बताए। आर्थिक अवस्था कमजोर भएकाले २०७३ असार २ गते खड्गबहादुरबाट ऋण लिएको पीडित महिलाको भनाइ छ। ’ऋण लिएलगत्तै असार ४ गतेदेखि मलाई उहाँको घरमा बारम्बार काम गर्न बोलाउन थाल्नुभयो,’ भावुक हुँदै पीडित महिलाले भनिन्, ’आर्थिक अवस्था कमजोर भएका कारण उहाँले जे भन्यो त्यही मान्न बाध्य भएँ।’

घरायसी कामसँगै तीन÷चार दिनको अन्तरमा उनीमाथि जबरजस्ती शारीरिक सम्पर्क राख्ने गरेको उनको भनाइ छ। ’ऋणको ब्याजस्वरूप काम गर्नुपर्ने,’ महिलाले भनिन्, ’दिनभरि कामको थकानसँगै उसलाई यौन चाहना भए जुनैबेला पनि आफू तयार हुनुपर्ने मेरो बाध्यता थियो।’

आफूले शारीरिक सम्पर्क राख्ने इच्छा छैन भन्दा ज्यान मार्नेसम्मको धम्की दिएपछि स्वीकार गर्नुको विकल्प नभएको पीडित महिलाको भनाइ छ। गाउँघरमा जो कोहीलाई धाकधम्की दिएर खड्गबहादुरले श्रम शोषण गर्ने गरेको पीडित महिलाको आरोप छ तर पीडक राईले भने आफूले त्यस्तो कुनै पनि हालतमा नगरेको बताएका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes