इटहरीमा भूमी सम्वन्धी समस्या समाधानका लागि अन्तरक्रिया - Pahilo Online

इटहरीमा भूमी सम्वन्धी समस्या समाधानका लागि अन्तरक्रिया

writer

सुनसरी । इटहरीमा भूमी सम्वन्धी समस्या समाधानका लागि अन्तरक्रिया गरिएको छ । इटहरी उपमहानरको आयोजनामा भूमी सम्वन्धी समस्या समाधानमा स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया गरिएको हो । इटहरीका सवै जनप्रतिनिधि, वडा सचिवहरु र राजनीतिक दलका प्रतिनिधिहरुको अन्तरक्रियामा सहभागिता रहयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद सर्वध्वज सावाँले स्थानीय सरकारको काँघमा भूमी सम्वन्धी समस्या समाधान गर्ने ऐतिहासिक जिम्मेवारी आएको वताए । उनले दु्रत गतिमा काम अघि वढाउनुपर्नेमा जोड दिए । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले भूमी सम्वन्धी समस्या समाधान गरेर सुकुम्वासी विहिन नगर वनाउने सपना साकार वनाउने अवसरलाई सदुपयोग गर्ने वताए । उनले गलत ब्यक्तिले फाइदा नउठाउन भनेर सजग रहनुपर्ने बताए ।

उपप्रमुख लक्ष्मी गौतमले अन्तरक्रियाको उद्देयमाथि प्रष्ट पारे । उनले इटहरी उपमहानगरका प्रमुखको संयोजकत्वमा भूमि सम्वन्धी समस्या समाधान मूल समिति र वडाहरुमा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय सहजिकरण समिति गठन गरिएको जानकारी दिए । कार्यक्रममा भूमी सम्वन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य गोपाल गुरागाईले आयोग गठनको उदेश्य र संवैधानिक कानुनी प्रवन्ध र स्थानीय निकायको दायित्वका वारेमा प्रष्ट पारे ।

यसैगरि भूमी सम्वन्धी समस्या समाधान आयोग सुनसरीका अध्यक्ष खेमराज पोखरेलले भूमिहिन दलित,भूमिहिन सुकुम्वासी र अब्यवस्थित वसोवासी प्रमाणिकरणका आधारहरुका बारेमा जानकारी गराए । यसैगरि भूमी सम्वन्धी समस्या समाधान आयोग मोरगका अध्यक्ष डिपि साम्पाडले भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अब्यवस्थित वसोवासीको लगत संकलन सम्वन्धी कार्यविधिका वारेमा प्रष्ट पार्नुभयो । भूमी सम्वन्धी समस्या समाधान आयोग सुनसरीका सदस्य सूर्य राईले सुनसरीमा आयोगले गरिरहेका कार्यका वारेमा जानकारी गराए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes