रिंगुवामा साबुन उद्योगको उद्घाटन् - Pahilo Online

रिंगुवामा साबुन उद्योगको उद्घाटन्

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर उप्रमुख यमुना विष्ट वास्तोलाले वडा नम्बर १० स्थित रिंगुवामा मंगलबार एउटा साबुन उद्योगको उद्घाटन् गर्दै युवाहरु उद्यमी बनेर नगरको फरक चिनारी बनाउन आव्हान गरीन् ।

उनले रिंगुवाका भवानीशंकर खनाल, भीमकला खनाल सहितका खनाल परिवारले सञ्चालन भएको गौरीशंकर साबुन उद्योगको उद्घाटन् गर्दै युवाहरुको अगुवाईमा नगरका अन्य ठाउँमा पनि यसप्रकारको उद्यम खोलिन सुरु गरेकोमा खुसी समेत व्यक्त गरीन् ।


कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयल आचार्य, ज्येष्ठ नागरिक उमादेवी खनाल, घनश्याम खनाल सहितको उपस्थितीमा उद्घाटन् कार्यक्रम सम्पन्न भयो । ५० लाखको लागतमा सुरु भएको उद्योगबाट लुगाधुने साबुन, फिनेल, हर्पिक, तार्पिन तेल उत्पादन थालिएको खनाल परिवारले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes