पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको कृषि शाखाले निःशुल्क माटो जाँच शिविर सुरु गरेको छ । वडा नम्बर २ मा २ दिने शिविर आज सम्पन्न भएको छ । सो शिविरमा पहिलो दिन हिजो ४८ र आज ६४ जना कृषकले माटो जाँच गराएका छन् ।
शिविरमा, प्राविधिकहरु सुदीप भण्डारी, सीता अधिकारी, टीकादेवी राई र सविना राईले माटो जाँच गर्नुभएको थियो । भोली वडा नम्बर ९ मा २ दिने शिविर सुरु हुने भएको छ । आफ्नो क्षेत्र आसपासका पायक पर्ने वडाका कृषकहरुलाई सो शिविरमा माटो जाँचका लागि ल्याउन सूचित गरिएको छ ।