लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ६ जना पक्राउ - Pahilo Online

लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ६ जना पक्राउ

writer

उदयपुर । उदयपुर चौदण्डीगढी नगरपालिका–४ नमुना स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी–५ का २३ बर्षीय सुनिल राई,उदयपुर त्रियुगा–१३ का २४ बर्षीय हरी खड्का,३० बर्षीय खगेन्द्र राई र २४ बर्षीय दिपक रम्तेल रहेका छन भने सप्तरी कंकालिनीका २० बर्षिय बब्लु मुखिया र २५ बर्षीय ऋषि कुमार क्षेत्री रहेका छन ।

उनिहरुलाई ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले सोमबार अपरान्ह साढे ४ बजे पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट ३ ग्राम ३८ मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर,७ बोतल कोरेक्स, ५० ग्राम गाँजा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसै गरी उनिहरुको साथमा रहेको ६ थान मोबाईल नगद ३ हजार ५ सय २५ रुपैया समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes